सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न

Prabhu

काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभामा सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९ /०८० को नाफा हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गरिएको छ  ।

सो साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कम्पनी गाभिनुभन्दा अघि मिति २०७९/११/२८ गतेसम्मको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वि अनुसूचिहरु पारित गर्ने, सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७९/०८० को मुनाफा मध्येबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र सञ्चालकमा सुश्री निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालकहरुको बैठक भत्ता बृदी गर्ने तथा सो वमोजिम कम्पनीको नियमावलीको नियम ३२ को उपनियम (१) को ख र (घ) संशोधन गर्ने, नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक स‍ि अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

सभामा सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको समूहबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकमध्ये कम्पनीको नियमावली वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसीबाट स्वतः मनोनित हुने १ जना सञ्चालकको जानकारी दिई १ जना सञ्चालक तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका विविध प्रस्ताव पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार