साझाले ल्यायो बिधुतिय बस संचालनमा

काठमाडौं ।  साझा यातायातले  वटा बिधुतिय बस संचालनमा ल्याएको छ । आजबाट संचालनमा आएका बसमा सञ्चालन २६ सिट रहेका छन्  ।

बस संचालनको लागि साझाले आफैले पहिलो पटक १ .१ मेगावाट क्षमताको चार्जिङग डिपोट पनि  निर्माण गरेको छ । डिपोटमा  २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको छ ।  साझाका बिधुतिय बस र चार्जिङ डिपोटको आज उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले उद्घाटन गरेका हुन् ।

साझाले बनाएका डिपोटमा चार्ज गर्दा  ४५ मिनेटमा पूर्ण चार्ज (फुल चार्ज) हुने बताइएको छ । बसहरु एक पटक फुल चार्ज गरेपछि २०० किलोमिटरसम्म गुड्न चल्न सक्ने साझाले जनाएको छ ।

साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो ।

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार