घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य घटेको छ । साताको  अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै बढेर  प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको ५० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ३८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ७२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ५७.५० रुपैया तोकेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार