गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्क रहन तल्लाे क्षेत्रका बासिन्दालाई आग्रह

काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको पुष्टि गरे । उनले भने, ‘तालको पानी बाहिर आएको जानकारी आएको छ, तर थप विवरण आइसकेको छैन ।’

उनले ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको जानकारी दिए ।

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार