सुनको मुल्य यथावत चाँदीको बढ्यो

काठमाडौं । आज आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ स्थिर रहँदै आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन  प्रतितोला १ लाख ३८ हजार ६ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार बह्येकोमा आज प्रति तोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार  भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १९ हजार ४ सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ८ सय ७०  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ९२ रुपैया तोकेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार