मंगलबार सार्वजनिक बिदा

काठमाडौं । कतारका अमिर नेपाल भ्रमणमा आउने दिन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार कतारका राजा नेपाल भ्रमणमा आउने भएकाले उक्त दिन उनको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार कतारी राजाको सम्मानमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बैशाख ११ गते नेपालको राजकीय भ्रमणमा आउँदैछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार