अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवका रुपमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले डा. कृष्णिहरि पुष्करलाई हटाएर अर्थ सविचवमा मरासिनीलाई ल्याउन लागिएको हो । हाल अर्थसचिव रहेका  पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर, अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार