२०२४ अपाचेको आरटीआर १६० नेपालमा, मूल्य ३ लाख ६ हजार

Prabhu

काठमाडौं । टीभीएसको नयाँ मोमोटरसाइकल नेपालमा सार्वजनिक भएको छ। टीभीएस अपाचे आरटीआर १६० २०२४ मोडल नेपालमा सार्वजनिक भएको हो।

नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ। टीभीएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ ।

२०२४ टीभीएस अपाचे आरटीआर १६० मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ जसले यसलाई नेपालमा मोटरसाइकल उत्साहीहरूका बीच एक उत्कृष्ट विकल्प बनाएको छ। यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ जसले यसको गुणस्तर बढाउँछ भने यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित स्मार्टकनेक्टटीएम सहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यी सबै सुविधाहरूसहित, २०२४ टीभीभएस अपाचे आरटीआर १६० नेपाली बजारमा उल्लेखनीय प्रभाव पार्ने तयारीमा प्रस्तुत भएको छ ।

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित, २०२४ टीभीएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, दुई–भल्भ ओटा एसओएचसी एयर–कूल्ड इन्जिन रहेको छ भने यसको पावरहाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्दछ ।

डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ।

म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँच रंगमा उपलब्ध २०२४ टीभीएस अपाचे आरटीआर १६० को मूल्य . ३ लाख ५ हजार ९०० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार