जित्न नै बिर्सेको बैंगलुरुले हैदरावादलाई हरायो

Prabhu

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बैंगलुरुले आफ्नो लगातार ६ खेल हारको यात्रामा पूर्ण विराम लगाएको छ। बैंगलुरुले बिहीबार राती आईपीएलको सबैभन्दा आक्रमक टिम सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो। यस सिजन बैंगलुरुको यो दोस्रो जित हो।

२ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो।

टस जितेर ब्याटिङ गरेको बैंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । उसका विराट कोहलीले सुस्त गतिमा ४३ बलमा ५१ रन बनाए । रजत पाटिदार भने आक्रामक रुपमा २० बलमा ५० रन जोडे ।

हैदरावादका लागि सहवाज अमेदले सर्वाधिक ४० रन बनाए । आक्रामक ब्याटसम्यान ट्रेभिस हेड पहिलो आभरमै १ रनमा आउट भएका थिए र अन्य ब्याटसम्यानले ठूलो योग्दान गर्न सकेनन्।

हैदरावाद ८ खेलमा १० अंकसहित तालिकको तेस्रो स्थानमा छ । बैंगलुरु ९ खेलमा ४ अंकका साथ पुछारमा छ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र पञ्जाव किंग्स खेल्दैछन् । कोलकोत्ताको घरेलु मैदान इडेन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार