फाइनान्स कम्पनीहरुको अधिकांशको वितरणयोग्य मुनाफा ऋणात्मक

Prabhu

काठमाडौं ।  फाइनान्स कम्पनीहरुको मुनाफा ऋणात्मक रहन पुगेको छ । बजारमा आर्थिक शिथिलता, घरजग्ग कारोबार न्यून, लगानीको अवस्थामा सुधार नहुदाँ फाइनान्सहरुको लगानीयोग्य रकम चलायमान हुन नसक्दा फाइनान्सहरुको अवस्था सकारात्मक रहेको देखिदैन । यो सँगै चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये अधिकांशको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ । वितरणयोग्य मुनाफा ऋणात्मक हुदाँ फाइनान्स कम्पनीले लाभांश र बोनस सयर समेत प्रभावित हुन देखिन्छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मञ्जुश्री फाइन्सको वितरणयोग्य नाफा दुई करोड आठ लाख ४४ हजार आठ सय ७० रुपैयाँ र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको ३५ लाख दुई हजार ९१ रुपैयाँ छ । यी दुई कम्पनीबाहेक सबै फाइनान्स कम्पनीहरुको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । जसमध्ये आईसीएफसी फाइनान्सको वितरणयोग्य नाफा आठ करोड १८ लाख ५३ हजार रुपैयाँ ऋणात्मक छ भने सेन्ट्रल फाइनान्सको एक करोड ४३ लाख ५३ हजार रुपैयाँले ऋणात्मक छ । यसैगरी रिलायन्स फाइनान्सको वितरणयोग्य नाफा पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड ३१ लाख ६८ हजार रुपैयाँले ऋणात्मक छ ।

गुह्श्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको वितरणयोग्य नाफा छ करोड १७ लाख ४६ हजार रुपैयाँ ऋणात्मक छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बेष्ट फाइनान्सको वितरणयोग्य नाफा ३० करोड ८७ लाख ७२ हजार रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सको ४० करोड ४३ लाख ३३ हजार रुपैयाँले ऋणात्मक छ । यस्तै, पोखरा फाइनान्सको वितरणयोग्य नाफा पनि ४५ करोड ८८ लाख ६२ हजार रुपैयाँ ऋणात्मक छ । गोर्खाज फाइनान्सको वितरणयोग्य नाफा पनि पछिल्लो अवधिमा ५९ करोड ४७ लाख ६८ हजार रुपैयाँ छ । गुडविल फाइनान्सको वितरणयोग्य नाफा २० करोड ६८ लाख ३९ हजार रुपैयाँले ऋणात्मक छ । नेपाल फाइनान्सको वितरणयोग्य नाफा २२ करोड १० लाख दुई हजार दुई सय २४ रुपैैयाँ ऋणात्मक छ । समृद्धि फाइनान्सको वितरणयोग्य नाफा पनि ५३ करोड ६१ लाख ७० हजार रुपैयाँले ऋणात्मक छ ।
मल्टीपर्पस फाइनान्स, जानकी फाइनान्ससहितका केही फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरिसकेको भए पनि वितरणयोग्य मुनाफा खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार