सन् लाइफ इन्स्योरेन्सद्धारा साधारणसभा आह्वान

Prabhu

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ ९ गते कलिकस्थाना स्थित अमृतभोग क्याटरिङमा सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीको गत फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १  दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै सभामा २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड छ । २३ दशमलव ८० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार