बीमा प्राधिकरणले साझा बसमा टाँस्यो बीमा सन्देश उल्लेख भएका स्टिकर

Prabhu

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा व्यापक रूपले प्रचार गर्ने उद्देश्यले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकरहरू टाँस्न शुरू गरेको छ ।

त्यस क्रममा, आज ललिपुरको पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा संचालित साझा यातायातका बसहरूमा बीमा सम्बन्धी सन्देशहरू रहेका स्टिकरहरू टाँसिएका छन् ।

बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारीरूपले अगाडि बढाउँदै जाने क्रममा साझा यातायातका बसहरूमा बीमा सन्देशहरू उल्लेखित स्टिकरहरू टाँस्ने कार्य शुरू गरिएको नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार