CLI
Global College

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो अभिकर्ता उत्प्रेरणा कार्यक्रम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम गरेको छ । सो कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरु सहभागिता थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले उद्घाटन  कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गरेका थिए ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत  किशोर प्रसाद लामिछानेले अभिकर्तालाई आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताए  ।

कार्यक्रममा कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्तालाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा विक्रीकला सम्बन्धी दिएकला थिए

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर  मनोज गजुरेलले सहभागीहरु माझ उत्प्रेरणात्मक प्रस्तुती गर्दै जीवन बीमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्नेमा विश्वस्तता व्यक्त गरेका थिए ।

Leave Your Comment

Related News