SKIP THIS

MLBL

डायनामिक टेक्नोसफ्ट नेसनल आईसिटी अवार्ड २०२४ बाट सम्मानित

Prabhu

काठमाडौं । नेसनल आईसिटी अवार्ड २०२४  को (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ ।

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो ।

वीरगंजमा स्थापना  भइ देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको हो ।

२०१०मा स्थापना भएको कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि आफ्नो सेवाहरूका साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको छ ।,

डाइनामिक टेकनोसफ्टका हाल चार वटा सफ्टवेयर प्रोडक्ट बजारमा उपलब्ध छन् । कम्पनीले स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायीक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलप गरेको छ ।

कम्पनीले उत्पादन गरि विकास गरेका सफ्टवेयर व्यावसायिक घराना, उधोग, अस्पताल, विभिन्न व्यवसायी संघसस्था र स्कुलहरूले प्रयोग गरिरहेका छन् ।

डाइनामिक ग्रुपले वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्छ भने २ सय बढीलाई रोजगारी दिइरहेको छ  ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार