सुनको मुल्य स्थिर हुदाँ चाँदीको मूल्य घट्यो

काठमाडौं । आइतबार चाँदीको मूल्य घट्दा सुनको मूल्य भने स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको माग बढे पनि सुनको माग पनि स्थिर रहँदा आइतबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँ तोकेको छ । शुक्रबार पनि छापावाला सुन र तेजावी सुनको मुल्य सोहि नै थियो ।

महासंघले आइतबारका लागि पनि शुक्रबार कै मुल्य अर्थात् छापावाला सुन प्रति १० ग्राम १ लाख १६ हजार ८५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १५ हजार ५ सय २५ रुपैयाँ तोकेको छ ।

त्यस्तै आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । महासंघले आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ४० रुपैयाँ तोकेको छ । त्यस्तै आइतबारका लागि चाँदी प्रति १० ग्रामको १ हजार ४ सय ६ रुपैयाँ तोकेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार