अध्यक्षमा अर्याल सहित पिपुल्स पावरमा नयाँ सञ्चालनक समिति

काठमाडौं । पिपुल्स पावर लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको गत वैशाख १७ गते सम्पन्न कम्पनीको गत आर्थिक वर्ष २०७८/०७९ र २०७९/ ८० को छैटौं र सातौं वार्षिक साधारण सभाले गरेको निर्वाचनबाट अध्यक्षमा टंकराज अर्याल निर्विरोध चयन भएका छन् ।

सोही निर्वाचनले संस्थापक शेयरधनीतर्फबाट सञ्चालकमा रामकाजी श्रेष्ठ,आरती अधिकारी, उद्वव भट्टलाई चयन गरेको छ । सर्वसाधारण शेयरधनीतर्फ सञ्चालकमा श्रीकृष्ण अर्याल र उपेन पराजुली चयन भएका छन् ।  उता स्वतन्त्र सञ्चालकमा भने निर्वाण शर्मा चयन भएका छन् ।वैशाख १७ गते कम्पनीका सञ्चालक समितिको अध्यक्ष भरत बहादुर खत्रीको सभापतित्वमा बसेको छैटौं र सातौं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो । बैठक लिसारा बैंक्वेट हल नक्सालमा बसेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार