कामना विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै

Prabhu

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरूले ७३ हजार ८ सय ४१ कित्ता शेयर बिक्री गर्न ईच्छा राखी निवेदन दिएकाले राष्ट्र बैंकको निर्देशन अनुसार बैंकका संस्थापक शेयरधनीहरुले नै खरिद गर्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

बैंकले तोकेको उक्त समयभित्र उक्त शेयर विक्री नभएको खण्डमा अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गर्ने बैंकले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार