जडेजाको शान्दार अलराउन्ड प्रदर्शनमा चेन्नाई तेस्रो स्थानमा उक्लियो

Prabhu

काठमाडौं ।रविन्द्र जडेजाको शान्दार अलराउन्ड प्रदर्शनमा इन्डियन प्रिमियम लिग (आईपीएल) चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्सलाई २८ रनले हराएको छ। १६८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पञ्जाब जडेजाको अलराउन्ड प्रदर्शनमा धरासायी बन्न पुग्यो। आइतबारको खेलमा म्यान अफ द म्याज जडेजाले ४ ओभरमा २० रन खर्चिदै तीन विकेटका साथै २६ बलमा ४३ रन बनाएका थिए।
त्यसअघि धर्मशालामा टस हारेर ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६७ रन बनायो । चेन्नाईका लागि ओपनर तथा कप्तान रुतुराज गाइक्वाडले ३२ तथा ड्यारिल मिचेलले ३० रन जोडे । मोइन अलि र शार्दुल ठाकुरले समान १७ रन बनाए ।

पञ्जावका लागि राहुल चहर र हर्शल पटेलले समान ३–३ विकेट लिए । अर्शदिप सिंहले २ तथा स्याम करनको नाममा १ विकेट रह्यो।

पञ्जाब २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा सर्वाधिक ३० रन बनाए । यस्तै शशांक सिंहले २० बलमा २७ रन जोडे । हरपृत ब्रारले १७ रन बनाउँदा राहुल चहरले १६ रन बनाए ।

चेन्नाईको लागि तुशार देशपाण्डे र सिमरजित सिंहले २–२ विकेट लिए भने मिचेल स्यान्टनर र शार्दुल ठाकुरले १–१ विकेट लिए । यो जितसँगै चेन्नाई अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार