सुनचाँदीको मुल्य बढ्यो

Prabhu

काठमाडौं । सोमबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढे सँगै सोमबार सुनचाँदीको मूल्य बढेको हो । महासंघका अनुसार सोमबार छापावाला र तेजावी सुनमा प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

महासंघले सोमबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रति १० ग्राम १ लाख १६ हजार २ सय ५५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १५ हजार ६ सय ९५ रुपैयाँ तोकेको छ । आइतबार छापावाला सुन प्रति १० ग्राम १ लाख १६ हजार ८५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १५ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघले सोमबारका लागि चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ तोकेको छ । सोमबार चाँदी प्रति १० ग्रामको १ हजार ४ सय २३ रुपैयाँ तोकेको छ । महासंघले आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ४० रुपैयाँ र चाँदी प्रति १० ग्रामको १ हजार ४ सय ६ रुपैयाँमा कारोबार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार