RE
Global College

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

बारा ।  बारामा यस वर्ष १० हजार मेट्रिकटन दलहन उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब बराबरको कूल १० हजार ३५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए।
उत्पादित दलहनको  प्रतिक्विन्टल  १० हजार रुपैयाँको दरले बिक्रीवितरण भइरहेको र यसवर्ष यहाँका किसानले १० अर्ब ३० करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका उनले बताए।
जिल्लामा कूल ११ हजार ४५० हेक्टर क्षेत्रफलमा मसुरो, रहरलगायत दाल खेती गरिएको हो। गतवर्ष भने ११ हजार ६५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ।
NECO

Leave Your Comment

Related News