रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १९.१३ प्रतिशतले बढ्यो

Prabhu

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १९.१३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार प्रकाशित चालू आर्थिक वर्ष २०८०/ ०८१ को अपरिष्कृत तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको हो ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले २८ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीले सो अवधिसम्ममा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ९.७८ रुपैयाँ, पीई रेशियो ४४.४४ र नेटवर्थ प्रतिशेयर १५५.७५ रुपैयाँ छ ।कम्पनीले दिर्घकालिन रुपमा १४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेको छ भने अल्पकालिन रुपमा १ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार