राजस्थान दिल्लीसँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। दिल्लीसँग राजस्थान २० रनले पराजित भएको हो।

अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बनाएको थियो।

दिल्लीका ओपनर अभिषेक पोरेरले सर्वाधिक ६५ रन बनाए। जेक फ्रेजर मक्गर्कले २० बलमै अर्धशतक पूरा गरे।
ट्रिस्टन स्टब्स ४१, गुलबदीन नईब १९ तथा अक्षर पटेल र कप्तान ऋषभ पन्त १५/१५ रनमा आउट हुँदा कुलदीप यादव ५ रनमा अविजित रहे।

राजस्थानका रवि अश्विनले सर्वाधिक ३ विकेट लिए भने ट्रेन्ट बोल्ड, सन्दीप शर्मा र युजवेन्द्र चहलले १/१ विकेट लिए।

लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो।

राजस्थानका कप्तान सामसनले सर्वाधिक ८४ रन बनाए।
रियान पराग २७, शुभम दुबे २५,जोस बटलर १९ र रोवमन पावेल १३ रनमा आउट हुँदा ट्रेन्ट बोल्ड २ र आवेश खान ७ रनमा अविजित रहे।

दिल्लीका खलील अहमद, मुकेश कुमार र कुलदीप यादवले २/२ विकेट लिए। अक्षर पटेल र रसिख सलामको नाममा १/१ विकेट रह्यो।

यो जितसँगै दिल्ली पाँचौ स्थानमा उक्लिएको छ। दिल्लीको १२ खेलमा १२ अंक छ। तेस्रोदेखि छौठो स्थानमा रहने टिमको समान १२ अंक रहेको छ। पराजित राजस्थान १६ अंक सहित दोस्रो स्थानमा छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार