नबिल बैङ्कले ८ प्रतिसत ब्याजदरमा  ऋणपत्र निश्काशन गर्ने

Prabhu

काठमाडौं ।  नबिल बैङ्कले ८ प्रतिसत ब्याजदरमा  ऋणपत्र निश्कासन गर्ने भएको छ । “८% नबिल डिवेन्चर २०८९”  को ऋणपत्र निष्काशन गर्नको लागि  बैङकले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निश्काशन तथा  बिक्री प्रबन्धकमा  नियुक्त नियुक्त गरेको छ । सो कार्य गर्नलाई दुई कम्पनी बिच सम्झौता  भएको छ  ।

सो सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा  ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको  रहने छ । बैङ्कले  ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो  ।

ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु. १ अर्ब ८० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु.१ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट निष्कासन गर्न थालिएको हो । सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार