SKIP THIS

MLBL

रियल म्याड्रिड १८ औं पटक च्याम्पियन्स लिगको फाइनलमा

Prabhu

काठमाडौं । स्पेनिस च्याम्पियन रियल म्याड्रिड १८ औं पटक च्याम्पियन्स लिगको फाइलनमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखमाथि पुनरागमन जित हासिल गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको फाइलनमा पुगेको हो।

रियले आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउ स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा बायर्नलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

समग्रमा रियलले बायर्नमाथि ४–३ गोल अन्तरको जित हासिल गर्यो। जर्मनीमा भएको सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए।

खेलमा शुरूआती अग्रता भने बायर्नले लिएको थियो। खेलको ६८औँ मिनेटम ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गर्दै पाहुना टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। खेलको अन्तिम तीन मिनेटमा लय गुमाउँदा बार्यन फाइनल पुग्नबाट बञ्चित रह्यो।

८८औँ मिनेटम माटो जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ३ मिनेटपछि नै एन्टोनियो रुडिगरको पासमा उनले नै दोस्रो गोल गर्दै रियललाई २–१ को पुनरागमन जित दिलाए।

अब उपाधिका लागि रियल र अर्को जर्मन क्लब बोरुसिया डर्टमन्डबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार