SKIP THIS

MLBL

लखनउमाथि हैदराबादको शानदार जित

Prabhu

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । हैदराबादले लखनउलाई १० विकेटले हराएको हो । लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा कुनै विकेट पनि नगुमाई पुरा गरेको हो।

हैदराबादका ट्राभिस हेडले अविजित ८९ रन बनाए । अभिषेक शर्माले पनि अविजित रहदै ७५ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । उसका आयुष बडोनीले सर्वाधिक ५५ रन बनाए । हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा १२ अंक साथ लखनउ छैटौँ स्थानमा छ ।

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार