सुनको मुल्य घट्यो चाँदीको बढ्यो

Prabhu

काठमाडौं । बिहीबारका लागि सुनको मुल्य घटेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबारको लागि प्रतितोला ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार मागमा आएको कमीका कारण सुनको मूल्यमा कमी आएको हो । बुधबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ बढेको मूल्य सँगै चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ तोकिएको छ भने प्रति १० ग्राम १ हजार ४ सय ४४ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार