SKIP THIS

MLBL

४० प्रतिशतले बढ्यो स्वरोजगार लघुवित्तको नाफा

Prabhu

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कम्पनीको नाफामा ४० दशमलव ३० प्रतिशतले बढेको हो । यो सँगै चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ५ करोड २१ लाख रुपैयाँ नाफा रहेको थियो ।

नाफामा वृद्धि भए सँगै कुल सम्पत्ति समेत बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको कुल सम्पत्ति ८ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको कुल सम्पत्ति ६ अर्ब ९९ करोड ७४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कुल दायित्व ७ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कुल दायित्व ६ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै समिक्षा अवधिका सञ्चालन आम्दानी ८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सञ्चालन आम्दानी ३४ करोड ९५ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा ३२ करोड ३६ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको इक्विटी ९४ करोड ४८ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको उक्त रकम ९१ करोड ७७ लाख रुपैयाँ रहेको थियो । प्रतिशेयर आम्दानी ०. ७६ अंकले बढी १०.९१ अंक पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मुल्य आम्दानी अनुपात ४५.३२ गुण रहँदा प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार २ सय ९२ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार