SKIP THIS

MLBL

बाल मन्दिर जग्गा प्रकरण : अध्यक्ष रीता सिंह सहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

Prabhu

काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

बालमन्दिरकी तत्कालीन अध्यक्ष सिंह सहित , पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । त्यस्तै गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ लाई पनि पक्राउ गर्न पुर्जी जारी भएको छ ।

वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको । पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेका लागि पक्राउ पुर्जी जारी भएको छ ।

केही दिनअघि नक्सालस्थित बाल संगठनको जग्गा अनियमिततामा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो। बाल मन्दिरको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको विषयमा विवाद छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार