अर्थतन्त्र सुधार हुन निजी क्षेत्रको मनोबल बढाउँनु पर्छ : चेम्बर अध्यक्ष अग्रवाल

Prabhu

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रमा सुधार ल्याउनका लागि निजी क्षेत्रको मनोबल उच्च बनाउनु पर्ने बताएका छन् ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले निजी क्षेत्रको मनोबल बढाउनका लागि नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा चेम्बर अफ कमर्समा आबद्ध उद्योगी व्यवसायीहरूले सरकारले ल्याउने आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्ने बताएका हुन् । उनीहरूले पछिल्लो समय अर्थतन्त्र शिथिल अवस्थामा रहेको भन्दै सरकारले नीतिगत रूपमा सुधारको पहल गर्न आवश्यक रहेको बताए ।

पछिल्लो समय जलविद्युत् र पर्यटन क्षेत्रबाहेक अन्य व्यावसायिक क्षेत्र शिथिल रहेको अध्यक्ष अग्रवालको भनाइ थियो । अध्यक्ष अग्रवालले भन्सार दर कम गरी कारोबार मूल्यलाई मान्यता दिए मात्रै पनि व्यापार व्यवसाय माथि उठ्नसक्ने बताए । यस्तै बैंकको ब्याजदर अझै घटाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार