RE
Global College

लगातार चौंथो जितपछि अंक गणितका आधारमा बेंगलुरुको प्लेअफको सम्भावना कायम

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेनजर्स बेंगलुरुले लगातार चौथो जित हासिल गर्दै प्लेअफको सम्भावना कायम राखेको छ। बिहीबारको खेलमा बेंगलुरुले पञ्जाब किंग्सलाई ६० रनले हराएको हो।

टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । उसका विराट कोहलीले सर्वाधिक ९२ रन बनाए ।

त्यस्तै रजत पटिदारले ५५ रन जोडे । जितका लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा एक ८१ रनमा समेटियो । पञ्जाबका राईली रुस्सोले सर्वाधिक ६१ रन बनाए । अंक तालिकामा १२ खेलमा १० अंकसहित बेंगलुरु सातौँ स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा झरेको छ । अंक गणितका आधारमा बेंगलुरको प्लेअफको सम्भावना जिवित्तै छ। तर यसका लागि बेंगलुर अन्य टिमको नजितामा भर पर्नुपर्ने हुन्छ। ऋब २ खेल मात्र रहेकाले बैंगलुरले अधिकतम १४ अंक हासिल गर्न सक्छ। तर चौंथो स्थानमा रहेको चेन्नाई सुपर किंग्सको १२ अंक छ। उसले अझै ३ खेल खेल्न बाँकी छ।
आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन् ।

NECO

Leave Your Comment

Related News