२३ सयले बढ्यो सुनको मुल्य

Prabhu

काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २३ सय रुपैयाँले बढेर  प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँ र तेजावी सुन बिहिबारको मुल्यमा २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँ पुगेको छ  ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार मागमा आएको बृदिले सुनको मूल्य बढेको  हो ।

त्यस्तै शुक्रबार  चाँदी प्रतितोला ५० रुपैयाँले बढेको छ बढेको मूल्य सँगै चाँदी प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ तोकिएको छ

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार