२१ करोडमा नेपाल टेलिकमलाई ५ वर्षका लागि मोबाइल लाइसेन्स

Prabhu

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ५ वर्षका लागि जीएसएम सेलुलर मोबाइल सेवाका लागि नयाँ अनुमति पत्र (लाइसेन्स) दिएको छ। प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेपाल टेलिकमलाई ५ वर्षका लागि नयाँ लाइसेन्स दिने प्राधिकरणको बोर्डले निर्ण गरेको जानकारी दिए।

मन्त्रिपरिषद्ले हिजो (बिहीबार) ‘दूरसञ्चार सेवालाई नियमित गर्ने प्रोजनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐनको दफा ३३ को उपदफा (४) बमोजिम पुनः अनुमति पत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने’ निर्णय गरेको थियो।

सरकारको निर्देशन बमोजिम नेपाल टेलिकमलाई लाइसेन्स दिइएको प्रवक्ता पौडेलले बताए। प्राधिकरणले २१ करोड रुपैयाँमा नेपाल टेलिकमलाई ५ वर्षका लागि नयाँ लाइसेन्स दिएको हो।

टेलिकमले यसअघि २०५६ वैशाख २९ गते मोबाइल लाइसेन्स दिएको थियो। नेपाल दूरसञ्चार ऐन २०५३ मा अनुमति पत्रको अवधि बढीमा २५ वर्ष हुने भनिएको छ। पुरानो लाइसेन्सको म्याद सकिए पछि सेवा नियमित गर्न प्राधिकरणले नयाँ लाइसेन्स जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार