राष्ट्रपतिका आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालको राजीनामा स्वीस्कृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी डा. नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिइन । ।

“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा नेपालले आफ्नो पदमा रही पु¥याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एक सय रुपैयाँको नोटमा कालापानी, लिपुलेक भूभागलाई समेटेको नक्सा राखे सँगै उनले त्यसमा असुन्तिष्टि व्यक्त गरेका थिए । उनले सञ्चारमाध्यम आई भारतसँग वार्ता भइरहेको समयमा नयाँ नक्सा सहित नोट जारी गर्नु गलत भएको बताएका थिए । उनको उक्त अभिव्यक्तिको चर्को आलोचना समेत भएको छ । गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार