१५ खर्ब ६१ अर्ब तरलता प्रशोचन

काठमाडौं । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाले १५ खर्ब ६१ अर्ब ४० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको बताएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत ७ खर्ब ९४ अर्ब १ करोड रुपैयाँ गरी कुल ७ खर्ब ९५ अर्ब २१ करोड (कारोबारमा आधारित)रुपैयाँ  तरलता उपयोग गरेका छन्भने निक्षेप संकलन बोलकबोलमार्फत ६ खर्ब ९३ अर्ब ५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ८ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ गरी कुल १५ खर्ब ६१ अर्ब ४० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद ४४ खर्ब ४४ अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो। चालु आर्थिक वर्षको नौ महिनामा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २८ करोड खुद  खरिद गरी ५ खर्ब ६८ अर्ब ५८ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय
बजारबाट अमेरिकी डलर ४ अर्ब २७ करोड खुद खरिद गरी ५ खर्ब ५७ अर्ब ८१ करोड तरलता प्रवाह गरिएको थियो।  चालु आर्थिक वर्षके नौ महिनामा अमेरिकी डलर २ अर्ब ७६ करोड बिक्री गरी ३ खर्ब ६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ५४ करोड बिक्री गरी ४खर्ब ६२ अर्ब १४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार