घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारका लागि सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार माग बढे सँगै सोमबार सुनको मूल्य बढेको हो । महासंघका अनुसार सोमबार छापावाला सुन प्रति १० ग्राम १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १७ हजार ८ सय ४० हजार रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन प्रति १० ग्राम १ लाख १८ हजार ६ सय ५५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १८ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ तोकेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी प्रति १० ग्राम १ हजार ४ सय ७० रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार