मंगलबारका साथै दुई दिन घट्यो सुनको मूल्य

काठमाडौं । जेठको पहिलो दिन अर्थात् मंगलबार नै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । सोमबार भने सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घट्दा छापावाला सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार माग घटे सँगै मंगलबार सुनको मूल्य घटेको हो । महासंघका अनुसार मंगलबार छापावाला सुन प्रति १० ग्राम १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १७ हजार २ सय ४० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुन प्रति १० ग्राम १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १७ हजार ८ सय ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार प्रतितोलामा २५ रुपैयाँले घटेको चाँदीको प्रतितोला मूल्य भने १ हजार ७ सय ४० रुपैयाँ तोकिएको छ भने प्रति १० ग्राम १ हजार ४ सय ९२ रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ र चाँदी प्रति १० ग्राम १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।आइतबार भने सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार