कृषि विधेयकमाथि छलफल, गहन अध्ययन गरेर मात्रै विधेयक पारित गर्न आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषि ऐन ल्याउन तयार गरिएको कृषि विधेयक मस्यौदा २०८० को सम्बन्धमा सरोकारवालाबीच छलफल सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रमा कृषिसँग सम्बन्धित सरोकारवालाहरुको बीचमा कृषि विधेयकमा प्रस्ताव गरिएका प्रावधानका विषयमा छलफल आयोजना गरिएको हो ।

मस्यौदामा उल्लेख गरिएका विषय, प्रस्तावित प्रावधान, नसमेटिएका क्षेत्र, थप हुनु पर्ने विषय लगायतमा छलफल गरिएको कृषि उद्यम केन्द्रका सभापति डि।बी। बस्नेतले जानकारी दिए । उनका अनुसार कृषि क्षेत्रको विकासका कृषि पेशालाई सम्मानजनक आकर्षक एंव प्रतिस्पर्धी पेशाका रुपमा रुपान्तरण गर्नुपर्ने आवाज सरोकारवालाहरुको छ ।

कृषिको व्यवसायीकरण र आधुनिकीकरण अहिलेको आवश्यकता रहेको बताउँदै सहभागीहरुले स्वदेशमा कृषि उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न सरकारले नीतिगत र कानुनी रुपमै स्वदेशी वस्तुलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने गरि विधेयकमा प्रावधानहरु राखिएको अवस्थामा नयाँ कृषि ऐन नेपालको कृषि क्षेत्रको विकासको लागि “कोशेढुंङ्गा” हुन जाने विश्वास सरोकारवालाको छ । यसकारण विधेयकमाथि सुक्ष्म र गहन रुपमा अध्ययन र पर्याप्त छलफल हुनुपर्ने र छलफल तथा अन्तरक्रियाबाट आएका सुझावलाई ग्रहण गर्दै संसदबाट पाश गरिनु पर्ने माग सहभागीहरुले गरेका छन् । यस विधेयकमा विषय विज्ञहरुबाट समेत परामशलिन पनि सुझाव दिइएको छ ।

सरोकारवालाहरुबाट प्राप्त भएको सुझावहरुलाई अझै पर्यप्त छलफल गरि एकिकृत गरि संशोधनको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गर्ने कार्य तालिका कृषि उद्यम केन्द्रको रहेको सभापति बस्नेतले जानकारी गराउनु भएको छ ।

छलफल कार्यक्रममा कृषि संग सम्बन्धित कृषक, उद्यमी, व्यवसायी, वस्तुगत संघका पदाधिकारी, कृषि उद्यम केन्द्रका पदाधिकारी, बोर्ड सदस्यहरु, साउती नेपाल र त्यससँग सम्बन्धित परियोजनाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
यस कृषि विधेयक नेपाल सरकारबाट संघिय संसदमा पेश गरि चाँडै नै पारित गर्ने तयारीमा सरकार देखिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार