CLI
Global College

कालिका लघुबित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कालिका लघु बित्त बित्तिय संस्थाको  २०००० कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर धनी मध्ये डिलराज ढुंगानाको नामा रहेको १५००० कित्ता र माया बस्नेत से सि को नाममा रहेको ५००० कित्ता शेयर बिक्रि गर्न लागेको हो ।

सुचनामा उल्लेख भए अनुसार शेयर खरिद गर्न चाहने संस्थापक शेयर धनिहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा १० कास्कीमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।

तोकिएको समयमा बिध्यमान शेयरधनिबाट शेयर खरिदको लागि कुनै माग नभएमा बैङ्क तथा बित्तिय संस्था सम्बन्धि ऐन २०७३, नेपाल राष्ट्र बैङकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम सो सेयर बिक्रि प्रक्रियाअगाडि बढाउने भनिएको छ  ।

Leave Your Comment

Related News