दुई कम्पनीका करिब ४ लाख सेयर सर्वसाधारणका लागि जारी

काठमाडौं । दुई वटा कम्पनीहरुले करिब चार लाख बराबर सेयर सर्वसाधारणका लागि जारी गरिएको छ । जसमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ लाख ५५ हजार ५ सय कित्ता  र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९ सय १० कित्ता र संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र सम्बन्धित कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौं र किसान लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ठ, मण्डीखाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने हुन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार