मेरोमाइक्रोफाइनान्सको ४० कित्ता सेयर सर्वसाधारणलाई

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो धितोपत्रको संरचना परिवर्तन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का अनुसार कम्पनीले १ करोड ३२ लाख कित्ता शेयर परिवर्तन गरेको छ ।

परिवर्तन सँगै १ लाख ३२ हजार कित्ता सेयरमध्ये ५९.४ प्रतिशत अर्थात् ७८ लाख ४० हजार ८ सय कित्ता संस्थापक सेयर कायम गरेको छ भने ४०. ६ प्रतिशत अर्थात् ५३ लाख ५९ हजार २ सय कित्ता सेयर सर्वसाधार समूहतर्फ कायम गरेको छ । शुक्रबार बसेको बैठकले सेयर कारोबार तथा संख्यामा परिवर्तन गने्र्र निर्णय गरेको कपनीले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार