सेयर बजारमा उछाल ४५.६९ अंकले बढ्दा ५ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा उछाल देखिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दे अर्थतन्त्रलाई सहज बनाउन खुकुलो नीति अवलम्बन गरेको  प्रभाव आज सेयर बजारमा देखिएको छ ।

साताको पहिलो दिन आइतबार सुरुवाती कारोबार समय देखि उकालो लागेको बजार परिसुचक अन्तिम समयमासम्म ४५.६९ अंकले उकालो लागेर २ हजार ६४.४५ बिन्दुमा कायम रहन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ८.३९ बिन्दुले उकालो लागेर ३ सय ६६.७६ बिन्दुमा चढ्न सफल भएको छ ।

धितोपत्र बजारमा आज ३ सय २३ वटा कम्पनीहरुको ७४ हजार ९ सय ९१ पटक सेयर कारोबार भएको छ । जसबाट ८० हजार ९ सय ८२ पटक सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब २५ करोड १० लाख रुपैयाँ पुग्न सफल भएको छ ।

धितोपत्र बजारमा आज कारोबार भएका १३ वटा उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै समुहहरुका सुचक उकालो लागेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार