CLI
Global College

बैंक तथा वित्तीय संस्था बिरुद्दका गतिविधि तत्काल नियन्त्रण गर्न माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्था विरुद्दका  गतिबिधि बढेको भन्दै सरोकारवालाहरुको ध्यानकर्षण गराएका छन ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमा व्याप्त अवाञ्छित गतिविधिहरु लाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइ दिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइ दिनका लागि सरकारसँग माग गरेका छन् ।

विज्ञप्ति अनुसार बिगत केही समय यता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरु लाई तर्साउने तथा धम्क्याउने काममा अवरोध पुर्यायाउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको बताइएको छ ।

बित्तिय संस्थामा  आफ्ना ग्राहकहरुलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीहरु माथि गरिएको यस प्रकारको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बिज्ञप्तिमा भनिएको छ आम नागरिकको  श्रम र पसिनाले आर्जित निक्षेपलाई सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना निहित स्वार्थ पूर्तिका लागि नियोजित रुपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरुको अराजक क्रियाकलापको हामी भर्त्सना गर्दछौं ।

लघुवित्त क्षेत्रमा व्याप्त अन्यौलको स्थितिलाई समाधानका लागि नेपाल सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामा समेत भईरहेका यस्ता अवाञ्छित गतिविधिले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट ग्राहकवर्ग वञ्चित हुन पुगेका छन् । प्रचलित ऐन, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम सहज रुपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा खेद प्रकट गरेका छन।

 

Leave Your Comment

Related News