गृहमन्त्रीको सम्पत्ति विवरण : सम्पत्ति आफनो भन्दा श्रीमती निकताको धेरै

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सँग नगद १ लाख १० हजार रुपैयाँ मात्र रहेको पाइएको छ । जेठ ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे सँगै लामिछानेले सार्वजनिक गरेको सम्पत्तिमा नगद १ लाख १० हजार रुपैयाँ र जग्गा जमिन , सवारी साधनहरु भएको पाइएको छ ।

लामिछानेले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको रहेको विवरण पेश गरेका छन् । लामिछानेले उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको जनाएका छन् ।

त्यस्तै ,लामिछानेको नाममा ग्लोबल आइएमई बैंकका ५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडमा १ लाख १० हजार रुपैयाँ छ ।लामिछानेले बुझाएको विवरणअनुसार उनकी श्रीमती निकिता पौडेलसँग सम्पत्ति आफनो भन्दा धेरै रहेको पाइएको छ । श्रीमती पौडेलसँग नाममा बुढानिलकण्ठ नगरपालिका ८ काठमाडौंमा ५ आना जग्गामा बनेर घर रहेको उल्लेख छ । उनले बुझाएको विवरणमा श्रीमती पौडेलेको नाममा रहेका बैंक खातामा ५ लाख ५८ हजार ५ सय ११ रुपैयाँ र करिब ८० तोला सुन र १५.२ केजी चाँदीको भाँडाकुडा रहेको पाइएको छ ।

त्यस्तै , लामिछानेले श्रीमती र आफ्नो निजी आयबाट ४२ लाख रुपैयाँ पर्ने नेक्सन इभी गाडी खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ। घरको हकमा भने ३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उक्त घरको १ करोड ५० लाख रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको बताइएको छ । श्रीमतीको नाममा १४ वर्षअघि स्थापना भएको नारी टीभी र ६ वर्षअघि स्थापना भएको गोपीकृष्ण  मिडिया कम्पनी रहेको लामिछानेको सम्पत्ती विवरणमा उल्लेख छ ।  नारी टीभी र गोपीकृष्ण  मिडियाको हाल बजार मुल्य करिब ४ करोड रुपैयाँ भएको समेत सम्पत्ति विवरणमा जनाइएको छ ।

यस्तै, लामिछानेले बुझाएको विवरणमा श्रीमती पौडेलेको नाममा गोपिकृष्ण प्रालि कम्पनीमा २५ प्रतिशत शेयर रहेको र गोपिकृष्ण प्रालिमा नाममा १० रोपनी ८ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार