RE
Global College

देशको अर्थ व्यवस्था हाक्नेको सम्पत्तिको नाममा एउटा कार र घर, बैंकमा ३४ लाख

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को सम्पत्तिको नाममा एउटा कार र घर तथा बैंकमा करिब ३४ लाख रुपैयाँ रहेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय मंगलबार मन्त्री पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

अर्थमन्त्री पुनसँग रोल्पा नगरपालिका वडा नम्बर ७ मा ८२० वर्ग मिटरमा एउटा घर छ। यो घर उनको पैतृक सम्पत्ति हो। यस्तै उनको एनएमबि बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ छ। यो रकम उनले तलब भत्ता तथा भ्रमण भत्ताबाट जोडेका हुन्।

उनीसँग एउटा कार पनि छ। तर यसलाई उनले पार्टीको सम्पत्तिको उल्लेख गरेका छन्।

NECO

Leave Your Comment

Related News