३५ कम्पनीको करिब २८ अर्ब आइपीओ आउने

काठमाडौं । विभिन्न ३५ वटा कम्पनीले पुँजी जम्मा गर्ने उद्देश्यले करिब २८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी गर्ने तयारीमा रहेको छ । जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन , लगानी र लघुवित्त लगायतका विभिन्न क्षेत्रका ३५ वटा कम्पनीहरुले २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार दुई सय ३३ रुपैयाँ बराबरको आइपीओ जारी गर्ने तयारीमा रहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार शेयर प्रतिकित्ता १ सय रुपैयाँ देखि २ सय ६४ रुपैयाँ ५१ पैसा, २ सय ८८ रुपैयाँ, ३ सय रुपैयाँ, ३ सय ७७ रुपैयाँ र ८ सय २० रुपैयाँ ८० पैसाका दरले आइपीओ जारी गर्न लागेका हुन् । ३५ वटा कम्पनी मध्ये सबैभन्दा बढी जगदम्बा स्टिल्स लिमिटेडले ६ अर्ब २ करोड १० लाख रुपैयाँ, मारुती सिमेन्टस लिमिटेडले ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ , शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले ४ अर्ब २२ करोड ७२ लाख रुपैयाँ र सोलु हाइड्रोपावर लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन् ।

त्यस्तै डिस मिडिया नेटवर्क लिमिटेडले १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ, याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले २८ करोड रुपैयाँ, एपेक्स हस्पिटालिटी लिमिटेडले २४ करोड रुपैयाँ, एसवाई प्यानल नेपाल लिमिटेडले ५२ करोड ३२ लाख रुपैयाँ, अर्किड होल्डिङग्स लिमिटेडले १ अर्ब १५ करोड रुपैयाँ , विकास हाइड्रोपावर कम्पनी लिमिटेडले ४४ करोड ५४ लाख रुपैयाँ रिज लाईन इनर्जीले ५८ करोड ४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन् ।

त्यस्तै लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले ६५ करोड ७७ लाख रुपैयाँ, हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी लिमिटेडले ३२ करोड ४० लाख रुपैयाँ, अन्नपूर्ण केबल कार लिमिटेडले ३१ करोड रुपैयाँ, वरुण इन्भेष्टमेन्ट लिमिटेडले २४ करोड ७५ लाख रुपैयाँ, कालिन्चोक हाइड्रोपावर लिमिटेडले ७ करोड ५० लाख रुपैयाँ, रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले ९४ करोड ८८ लाख रुपैयाँ र हिम रिभर पावर लिमिटेडले २६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन् ।
साथै पियोर इनर्जी लिमिटेडले १६ करोड रुपैयाँ, लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडको २८ करोड ५ लाख रुपैयाँ, एक्कर्ड फर्मास्यूटिकल लिमिटेडले ७ करोड ६ लाख रुपैयाँ, ट्रेड टावर लिमिटेडले ११ करोड ५८ लाख रुपैयाँ, सानिमा हाइड्रोपावर लिमिटेडले १४ करोड ७० लाख रुपैयाँ, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले ७ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन् ।

त्यस्तै आइएमई लिमिटेडले १० करोड रुपैयाँ, भुजुङ्ग हाइड्रोपावर लिमिटेडले १४ करोड ५५ लाख रुपैयाँ, सान्भि इनर्जी लिमिटेडले ३७ करोड ९० लाख रुपैयाँ, हिमस्टार उर्जा कम्पनीले लिमिटेडले ११ करोड १९ लाख रुपैयाँ, रिचेत जलविद्युत कम्पनी लिमिटेडले ११ करोड ७६ लाख रुपैयाँ, होटल फरेष्ट इन लिमिटेडले ९८ करोड रुपैयाँ, माबिलुङ्ग इनर्जी लिमिटेडले १८ करोड ९० लाख रुपैयाँ , टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले ४२ करोड ३० लाख रुपैयाँ, दरम खोला हाइड्रो इनर्जी लिमिटेडले ३९ करोड ५० लाख रुपैयाँ र बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले २० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हुन् ।

ती कम्पनीहरुले बिक्री प्रबन्धकमा भने दर्जन क्यापिटल नियुक्त गरेका छन् । जसमा प्रभु, मुक्तिनाथ, हिमालयन, लक्ष्मी सन्राइज, नबिल, ग्लोबल आइएमई र आरिविवि मर्चेन्ट लगायत रहेका छन् । आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको लामो समय भइसक्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन । निवेदनका लागि एक वर्ष देखि तीन वर्ष सम्म भइसक्दा पनि आइपीओ जारी गर्ने अनुमति प्राप्त गर्न सकेको छैनन् ।यता बोर्डले भने अध्यक्ष नियुक्त गर्न नसक्दा आइपिओ तथा एफपीओ र म्युअचल फण्ड र हकप्रद शेयरहरु निष्कासन तथा बाँडफाँड गर्न नसकेको बताएको छ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले अध्यक्षको अभावमा आइपीओ, एफपीओ तथा लाभांश वितरणमा समस्या भएको बताए । सरकारले अध्यक्ष नियुक्त सँगै हालका समस्या समाधान हुने उनको भनाई छ ।

बोर्डमा तत्काल अध्यक्ष नियुक्त नहुने
यसैबीच बोर्डमा तत्काल अध्यक्ष नियुक्त नहुने भएको छ । अर्थ मन्त्रालयका अनुसार बजेट नजिकको अवस्था भएको हुदाँ बोर्ड अध्यक्ष नियुक्तको विषय आझेलमा परेको छ । अर्थमन्त्री वर्षमान पुनले बोर्डको कार्यबाहक अध्यक्षमा मन्त्रालयका सह–सचिव नरेन्द्रकुमार रानालाई जिम्मेवारी दिएका छन् । अर्थमन्त्री कै चाहनामा मन्त्रिपरिषदको निर्णय बमोजिम कार्यबाहक अध्यक्षको जिम्मेवारी रानालाई दिइएको हो । यो सँगै बोर्डमा प्रतिनिधित्व गरेको सह–सचिव रितेश शाक्यलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ ।
रानाले जेठ ७ गते बोर्ड सञ्चालनक पदका लागि पद तथा गोपनियताको सपथ लिइसकेका छन् । गत पुस २२ गते बोर्ड अध्यक्ष रमेशकुमार हमालले कार्यकाल सकिए सँगै बोर्ड अध्यक्ष बिहिन भएको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार