लगातार चौथो दिन बढ्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । साताको चौथो दिन आइपुग्दा सेयर बजार दोहोरो अंकले बढेको छ बुधबार सेयर कारोबार नेप्से परिसूचक १५.५४ अंकले बढेर २ हजार १ सय ३१.४९ अंकमा पुगेर बन्द भएको हो । यो सँगै नेप्से साताको चौथो दिन पनि बढेको हो । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २ हजार १ सय १५.९४ अंकमा पुगेर बन्द भएको थियो भने आइतबार ४५. ६९ र सोमबार २७.५४ अंकले बढेर बन्द भएको थियो ।

बुधबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले बढेर ३ सय ८२.६७ बिन्दुमा पुगेको हो । बुधबार ३ सय १८ वटा कम्पनीको ७८ हजार ५१ पटक कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ रहन पुग्यो । बुधबार बजार पुँजीकरण भने ३३ खर्ब ७९ अर्ब ९१ करोड १० लाख रुपैयाँ रह्यो ।
बुधबार ८१ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ६१ वटा कम्पनीको सेयर मुल्य घट्यो र ५ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ४ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी ९ वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । बैकिङ ४८.४४, विकास बैंक १३.७२ , होटल तथा पर्यटन ९८.३४ र म्युअचल फण्ड ०.०६ अंकले बढेको हो । फाइनान्स २९.४३, जलविघुत २२.५३, लगानी ०.१५, जीवन बीमा ६१.७१ , उत्पादन १०.१७, माइक्रोफाइनान्स ५१.०६, निर्जिवन बीमा ६६.६२, अन्य १०.३८ र लगानी ०.९१ अंकले घटेको हो ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा नेरुड लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, सिइडिबी हाइड्रो , फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नबिल बैंक रहे । नेरुड लघुवित्त वित्तीय संस्थाले २४ करोड ४४ लाख रुपैयाँ, पोखरा फाइनान्सले २१ करोड १२ लाख रुपैयाँ, सिइडिबी हाइड्रोले १७ करोड ५३ लाख रुपैयाँ , फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १७ करोड ५३ लाख रुपैयाँ र नबिल बैंकले १५ करोड ५० लाख रुपैयाँ बराबर कारोबार गरे ।

बुधबार सबैभन्दा बढी कमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्था, बद्धभूमि हाइड्रो, एनएमबी बैंक, कृषि विकास बैंक र नबिल बैंक रहे भने सबैभन्दा बढी गुमाउनेमा मानुशी लघुवित्त वित्तीय संस्था,मध्य भोटेकोशी जलविद्युत, समाज लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र रिभर फल्स पावर लिमिटेड रहे ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार