आकर्षक सुविधा सहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन हुने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेनको घोषणा गरेको छ । सवारी धनीहरुलाई आफ्नो सवारी साधन एक्सचेन्ज र अपग्रेड गरी पछिल्लो समयमा नेपाल भित्रिएका बीवाईडी इलेक्ट्रिक भेइकल प्रयोग गर्नका लागि यो उपयुक्त अवसर हुनेछ ।

सो इभेन्ट भोलि बिहीबार देखि प्रारम्भ भई आइतबार सम्म (मे २३ देखि मे २६ सम्म) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चल्ने छ ।

सो अवसरमा हाल भइरहेको गाडीसँग नयाँ बीवाईडी गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनसको रुपमा २ लाख रुपैयाँ सम्म प्राप्त गर्नेछन् । साइमेक्सले यसरी गाडी लिन चाहने ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याजदरमा बैंकमार्फत ८० प्रतिशत सम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने व्यवस्था गर्नेछ ।

काठमाडौं उपत्यकामा बीवाईडी पार्क नक्साल, बीवाईडी भक्तपुर शोरुम सल्लाघारी, बीवाईडी ललितपुर शोरुम पुल्चोक, बीवाईडी सिटी स्टोर सोल्टीमोड र बाबा बसेरा लाजिम्पाटमा सो इभेन्ट हुनेछ ।

विहान १० बजे देखि बेलुकी ६ बजे सम्म यी स्थानमा एक्सचेन्ज क्याम्प हुनेछ । ग्राहकले आफ्नो नजिकको स्थानमा गएर बीवाईडीका नयाँ मोडलको वारेमा आवश्यक जानकारी लिनुका साथै विशेष फाइदा समेत लिन सक्नु हुनेछ ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘हाम्रा ग्राहकलाई इलेक्ट्रिक सवारी साधन अझै पहुचयोग्य र क्रयशक्तियोग्य बनाउन बीवाईडी प्रतिबद्ध छ । ‘अपग्रेड टु बीवाईडी’ एक्सचेन्ज क्याम्प त्यही दिशातर्फ निर्देशित छ, जसले हरित यातायाततर्फ डो(याउनका लागि महत्वपूर्ण फाइनान्सियल इन्सेन्टिभ्स र फ्लेक्जिवल फाइनान्सिङ अप्सन उपलब्ध गराउने छ ।’

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार