RE
Global College

काउली, गोलभेडा लगायत तरकारी सस्तियो

काठमाडौं । काउली, गोलभेडा लगायत केही तरकारीको मूल्य सस्तिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा आज तराईको सानो गोलभेडा बाहेक अन्य गोलभेडको मूल्य घटेको छ।

बुधबार औसत ३५ रुपैयाँमा किन बेच भएको तराईको सानो गोलभेडा ४५ रुपैयाँ पुगेको छ। आज भारतीय गोल भेडा ठूलो ५५ रुपैयाँ र सानो २९ रुपैयाँ औसत मूल्य रहेको छ। सानो टनेल गोलभेडाको मूल्य ४.४० रुपैयाँले घटेर ५० रुपैयाँ कायम भएको छ।

तने बोडी १० रुपैयाँले घट्दै ८५ रुपैयाँ कायम भएको छ। हरियो धनियाको मूल्य २८ प्रतिशतले बढ्दै १५८ रुपैयाँ कामय भएको कालीमाटी फलफूल तथा तरकारी बजारले जानकारी दिएको छ।

तरकारीको मूल्य यस्तो

NECO

Leave Your Comment

Related News