नेपालकै अग्रणी २ पांग्रे ब्राण्ड बन्ने योजना सहित, सीएफ मोटो र जीहो ईभीको बुकिङ तथा टेष्ट ड्राइभ सुरु

काठमाडौं । सीएफ मोटो र जीहो ब्रान्डका नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आफ्ना मोटरसाइकल तथा इलेक्ट्रिक स्कुटरमा टेष्ट ड्राइभ र बुकिङ सुरु गरेको छ। कम्पनीले सीएफ मोटोको एनके २५०, एसआर २५०, एनके ४५० र जीहोको एई६ एलआर (डबल ब्याट्री र सिटी स्पोर्टस् मोडलको बुकिङ्ग तथा टेष्ट ड्राइभ सुरु गरेको जानकारी दिएको छ।

सीएफ मोटोको उत्पादनहरुलाई उत्कृष्ट बिक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्री पछिको सेवा र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने हेतुले नेपालकै प्रतिष्ठित तथा अग्रणी व्यापारिक समूह रिलायन्स ग्रुप सीएफ मोटो तथा जीहोलाई नयाँ रुपमा विक्री वितरणको रणनीति सहित नयाँ आधिकारिक विक्रेताको रुपमा छनोट भएको हो ।

विभिन्न उमेर समूह लक्षित सीएफ मोटोका उत्पादन र विद्युतिय सवारी साधन रोज्नेहरुका लागि जीहो ब्रान्डले नेपालमा नयाँ कोशेढुङ्गा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ । सीएफ मोटो तथा जीहोका उत्पादनहरुको टेष्ट ड्राइभ तथा बुकिङ गर्न कम्पनीको नक्साल झ्mम्सीखेल तथा सल्लाघारी स्थित आधिकारिक शोरुममा गर्न सकिने जानकारी कम्पनीले जनाएको छ । नयाँ आधिकारिक वितरक नियुक्त भए सगै ऋषि ट्रेड सेन्टरले सीएफ मोटा तथा जीहोलाई नेपालकै अग्रणी २ पांग्रे ब्राण्ड बनाउने ध्येयले समय सापेक्षिक योजना तथा उत्पादनहरु सार्वजनीक गर्ने पनि जनाएको छ ।

जस अन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार कार्यक्रम तथा रोड साइड सहायता सेवा लगायतका विभिन्न कार्यहरुको सुरुवात पनि गरिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार