राष्ट्रिय अनुसन्धान विभागमा २५२ जनालाई जागिरको अबसर

काठमाडौं ।राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी को लागि दरखास्त आब्ह्वान गरेको छ ।बिभागले जारी गरेको सुचनामा विभागको विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो   । उल्लेखित कर्मचारी माग भए अनुसार सहायक सूचक पदमा २३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचरमा २ जनाका को लागि दरखास्त माग गरेको छ ।

बिभागले सो पदमा रोजगार गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिन सम्म आबेदन माग गरको हो । सहायक सुचक र सुरक्षा गार्डको लागि छनोट हुने सालको बैसाख १ गते महिला र पुरुष दुबैको हकमा १८ बर्ष पुरा गरेको र २५ बर्ष ननाघेको हुनुपर्नेछ । परिचर पदका लागि २०८१ बैसाख १ गते महिला र पुरुष दुबैको हकमा १८ बर्ष पुरा गरेको र ३५ बर्ष ननाघेको हुनुपर्नेछ ।

उल्लेखित सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ । भने  सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तो छ बिभागद्वारा जारी गरिएको सुचना 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार